काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा ठूलो नेपाली गोलभेडाको मूल्य प्रतिकिलो ६० र भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ भने सानो गोलभेडा ५० रुपैयाँमा कारोबार भइरहेको छ।
समितिका अनुसार रातो लाम्चो आलु प्रतिकिलो ५५ रुपैयाँ, रातो गोलो आलु ५० रुपैयाँ, मुडे आलु ५० रुपैयाँ, भारतीय रातो आलु ५० रुपैयाँ रहेको छ।
यस्तै, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
बन्दातर्फ लोकल बन्दा प्रतिकिलो ४५ रुपैयाँ र स्थानीय काउली १०० रुपैयाँ रहेको छ। रातो मूला ३० रुपैयाँ, सेतो मूला ५० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ तथा डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ।
हरियो तरकारीमध्ये तने बोडी १३० र मकै बोडीको मूल्य प्रतिकिलो १०० रुपैयाँ छ। घिउ सिमी लोकल र हाइब्रिड ९० रुपैयाँ तथा टाटे सिमी ७० रुपैयाँमा कारोबार भइरहेको छ। भटमासकोसा प्रतिकिलो १२० रुपैयाँ, तितो करेला ११० रुपैयाँ र लौका ९० रुपैयाँ रहेको छ।
सागसब्जीतर्फ रायोको साग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो १५० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ पुगेको छ।
च्याउको मूल्य हेर्दा कन्य च्याउ प्रतिकिलो २३० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ।
यसैगरी, कुरिलो प्रतिकिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ र मुस्ताङको स्याउ १५० रुपैयाँ रहेको छ। नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ तथा मालभोग केरा १०० रुपैयाँमा कारोबार भइरहेको छ। कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र हरियो तरबुजा ६० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।