काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे आफूले महत्त्वपूर्ण निर्णय गरेको बताएका छन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले भने, “हामीले इरानलाई लिएर एउटा निर्णय गरेका छौँ, जसलाई म कार्यान्वयन गर्नेछु।”
उनले इरानको अवस्थाबारे टिप्पणी गर्दै भने, “इरान ध्वस्त भइसकेको छ। अब प्रश्न यति मात्र हो—यो सहज तरिकाले हुन्छ कि कठिन तरिकाले।”
ट्रम्पको पछिल्लो भनाइ अमेरिका र इरानबीच जारी तनावका बीच आएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।