आईतवार, आश्विन १८,२०८३ 05:42:49
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 05:42:49
Bizshala
Global IME Bank Limited

‘कपाल फुलेका र काला दुवै पुस्ताले देश बनाउने छनक देखाएनन्’ : रेशम चौधरी

Bizshala
‘कपाल फुलेका र काला दुवै पुस्ताले देश बनाउने छनक देखाएनन्’ : रेशम चौधरी
New Office

 

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूले समेत देश निर्माणको स्पष्ट संकेत दिन नसकेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले पुरानो पुस्ताले देश बिगारेको आरोप लाग्दै आए पनि अहिलेको युवा पुस्ताबाट समेत अपेक्षाअनुसार परिवर्तनको संकेत नदेखिएको बताएका हुन्।

उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै आफू उनलाई विश्वास गर्ने व्यक्ति भएको बताए। चौधरीले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको भन्ने गरिए पनि अहिले काला कपाल र काला जुंगा भएका नेताहरूले पनि देश बनाउने स्पष्ट छनक नदेखाएको टिप्पणी गरे।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘गगनजी, तपाईं आज संयोगले अगाडि हुनुहुन्छ। म तपाईंलाई विश्वास गर्ने मान्छे हुँ। हिजो कपाल फुलेका नेताहरूले देश बिगारे भन्ने गरिन्थ्यो, तर अहिले काला जुंगा र पूरै काला कपाल भएका नेताहरूले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने।

यद्यपि, चौधरीले गगन थापा नेतृत्वको पुस्ताबाट भने देश निर्माणको अपेक्षा गर्न सकिने विश्वास व्यक्त गरे।

उनले आधा कपाल फुलेको र केही दाह्री कपाल फुलेको पुस्ताले अब देशलाई सही दिशामा अघि बढाउने आशा आफूले राखेको बताए।

‘अब आधाआधि कपाल फुलेको, गगनजीजस्तो १०–२० वटा दाह्री र ५०–६० वटा कपाल फुलेको यो पुस्ताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ चौधरीले भने।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.