काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता,विराट कुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३२५ कित्ता,विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता,यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजित राज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीहरुले सूचना पैकाशित भएको ३५ दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानून बमोजिम अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।