काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका–८, कपाली टोलस्थित कवाडी पसलमा आज बिहान आगलागी भएको छ।
प्रहरी वृत्त जगातीका अनुसार नवराज भट्टले सञ्चालन गरेको पसलमा बिहान करिब साढे ६ बजे आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने डीएसपी दीपक कार्कीले बताए।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।