काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार (हिजो) एक तोला छापावाल सुन दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार ४३० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार एक तोला चाँदी चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।