सोमबार, आश्विन १९,२०८३ 06:09:35
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 06:09:35
Bizshala
Global IME Bank Limited

भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ सुविधासम्पन्न शोरुम

Bizshala
भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ सुविधासम्पन्न शोरुम
New Office

काठमाण्डौ । नेपालका लागि भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले स्कुटरप्रति बढ्दो आकर्षण र ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित देशव्यापी नेटवर्क विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम खोलेको जनाएको छ।

नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य आधिकारिक शोरुमसरह सेवा तथा सुविधा प्राप्त गर्न सक्नेछन्। शोरुममा हालै सार्वजनिक गरिएको १७५ सीसी क्षमताको अप्रिलिया एसआर १७५ सहित भेस्पा र अप्रिलियाका विभिन्न मोडल उपलब्ध छन्। साथै, भेस्पाका नयाँ लाइल्याक र गोल्डेन ओरो रंगका मोडलसमेत बिक्रीका लागि राखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दशैंलाई लक्षित गर्दै कम्पनीले सञ्चालन गरेको ‘भेस्पा, अप्रिलियासँग दशैंको दक्षिणा’ अफर पनि भक्तपुर शोरुममा उपलब्ध हुनेछ। योजनाअन्तर्गत स्कुटर खरिदमा स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर तथा अनर एक्स५ प्ले स्मार्टवाच पक्का उपहारको व्यवस्था गरिएको छ।

त्यस्तै, एक्सचेञ्जमा २५ हजार रुपैयाँसम्म क्यासब्याक र नागरिकताको आधारमा शून्य प्रतिशत सेवा शुल्कमा फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

डेल्टा अटोकर्पका डाइरेक्टर तथा सीईओ विजय महतोले भक्तपुरमा भेस्पा र अप्रिलियाको शोरुम सञ्चालनमा आउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले भक्तपुरको कला, संस्कृति र हस्तकलाको समृद्ध विरासतसँग इटालियन डिजाइन र पर्फर्मेन्सको पहिचान जोड्ने प्रयास गरिएको बताए।

कम्पनीका डाइरेक्टर केतन भिमसारियाले पनि भक्तपुरको सांस्कृतिक विरासत र भेस्पा तथा अप्रिलियाको इटालियन पहिचानबीचको संयोजनले ग्राहकलाई फरक अनुभव दिने विश्वास व्यक्त गरे।

कम्पनीले नयाँ शोरुममार्फत भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई स्कुटर खरिद तथा सम्बन्धित सेवामा थप सहजता पुग्ने अपेक्षा गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.