काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।