काठमाडौं। देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरोध कायमै रहेको प्रहरीले जनाएको छ।
रसुवाका मुख्य राजमार्ग बाढीका कारण भदौ १० गतेदेखि पूर्ण रूपमा बन्द छन्। त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडक पहिरोका कारण असोज १० गतेदेखि अवरुद्ध छ।
मनाङको खाङसार–बेंसीसहर सडकखण्ड पनि असोज ९ गते रातिको बाढीपछि पूर्ण रूपमा बन्द रहेको छ।
यता, नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।