बुधबार, आश्विन २१,२०८३ 09:23:48
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 09:23:48
Bizshala
Global IME Bank Limited

आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

Bizshala
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
New Office

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेको छ।

समितिका अनुसार आज भारतीय ठूलो गोलभेडाको ७० रुपैयाँ छ। सानो लोकल गोलभेडा प्रतिकेजी  ३० रुपैयाँ तथा टनेलको ४० रुपैयाँ रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रातो लाम्चो आलुको मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गोलो र मुडे रातो आलुको ५० रुपैयाँ तथा भारतीय रातो आलुको ३० रुपैयाँ छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ८१ रुपैयाँ छ।

यस्तै लोकल गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँ, तराई गाजरको ८० रुपैयाँ, लोकल बन्दाको ४५ रुपैयाँ र स्थानीय काउलीको ९० रुपैयाँ रहेको छ। रायोको साग प्रतिकेजी १५० रुपैयाँ तथा पालुंगोको साग पनि १५० रुपैयाँ छ।

यस्तै, बोडीको मूल्य १२० र मकै बोडीको मूल्य प्रतिकेजी १०० रुपैयाँ, घिउ सिमीको ९० रुपैयाँ, भटमासकोशाको १२० रुपैयाँ, करेलाको १०० रुपैयाँ र लौकाको ९० रुपैयाँ रहेको छ।

यस्तै कन्य च्याउको मूल्य प्रतिकेजी २०० रुपैयाँ, डल्ले च्याउको ४०० रुपैयाँ, राजा च्याउको ३०० रुपैयाँ र सिताके च्याउको ८०० रुपैयाँ छ। कुरीलोको मूल्य ७०० र जिरीको सागको मूल्य प्रतिकेजी १०० रुपैयाँ रहेको छ।

फलफूलतर्फ फुजी स्याउको मूल्य प्रतिकेजी ३०० रुपैयाँ छ। नेपाली केराको मूल्य प्रतिदर्जन १५० रुपैयाँ तथा मालभोग केराको १०० रुपैयाँ रहेको छ।

कागतीको औसत मूल्य प्रतिकेजी २५० रुपैयाँ, अनारको ३०० रुपैयाँ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.