काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८०० रुपैयाँ र चाँदी १० रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।