काठमाण्डौ । सामसङ नेपालले आफ्नो ग्यालेक्सी A सिरिजअन्तर्गत नयाँ Galaxy A08 LTE नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले युवा उपभोक्तालाई लक्षित गर्दै ल्याएको यो स्मार्टफोनमा दैनिक प्रयोगका लागि एआई फिचर, ठूलो ब्याट्री, लामो समयसम्म सफ्टवेयर तथा सुरक्षा अपडेट र तुलनात्मक रूपमा किफायती मूल्यलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गरेको छ।
सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी A सिरिजमार्फत एआई प्रविधिलाई धेरै प्रयोगकर्तासम्म पहुँचयोग्य बनाउने कम्पनीको प्रतिबद्धता निरन्तर रहेको बताए। उनका अनुसार Galaxy A08 LTE ले सामसङका आधारभूत क्षमतासँगै ‘Awesome Intelligence’ को सहयोगमा भरपर्दो दैनिक कार्यसम्पादन दिनेछ।
Galaxy A08 LTE मा ६.७ इन्चको ठूलो डिस्प्ले दिइएको छ। फोनको मोटाइ ८.० मिलिमिटर रहेको छ भने यो डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रङमा उपलब्ध हुनेछ।
फोनमा ६,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ। कम्पनीका अनुसार यसले भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल प्रयोग र गेमिङजस्ता दैनिक काममा लामो ब्याकअप दिनेछ।
डिभाइसमा IP64 रेटिङको धुलो तथा पानी प्रतिरोधी सुरक्षा पनि रहेको छ। यसले सामान्य धुलो, फोहोर तथा पानीका छिटाबाट फोनलाई जोगाउन मद्दत गर्ने कम्पनीको भनाइ छ।
Galaxy A08 LTE को अर्को मुख्य विशेषता दीर्घकालीन सफ्टवेयर सपोर्ट हो। सामसङले यस फोनमा ६ पुस्तासम्मको अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने जनाएको छ।
कति पर्छ मूल्य ?
नेपालमा Galaxy A08 LTE तीन भेरियन्टमा उपलब्ध हुनेछ।
४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ४९९ रुपैयाँ, ४ जीबी र्याम तथा १२८ जीबी स्टोरेजको मूल्य ४० हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेजको मूल्य ४७ हजार ४९९ रुपैयाँ तोकिएको छ।
कम्पनीले किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ। ४/६४ जीबी भेरियन्ट मासिक १ हजार ७२५ रुपैयाँ, ४/१२८ जीबी भेरियन्ट २ हजार ५० रुपैयाँ र ६/१२८ जीबी भेरियन्ट २ हजार ३७५ रुपैयाँको मासिक किस्तामा लिन सकिने जनाएको छ।
किस्ताबन्दी सुविधा लिन न्यूनतम कागजी प्रक्रिया आवश्यक पर्ने र नागरिकता प्रमाणपत्रका आधारमा प्रक्रिया अघि बढाउन सकिने सामसङले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।