बिहीबार, आश्विन २२,२०८३ 10:10:24
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 10:10:24
Bizshala
Global IME Bank Limited

नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट दुई प्रतिशत वैज्ञानिकको सूचीमा

Bizshala
नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट दुई प्रतिशत वैज्ञानिकको सूचीमा
New Office

काठमाडौँ। नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ता डा. भीष्म कार्की सन् २०२५–२०२६ का लागि विश्वका उत्कृष्ट दुई प्रतिशत वैज्ञानिकको सूचीमा पुनः सूचीकृत भएका छन्। विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्दै आएका कार्कीको यो उपलब्धिले अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा नेपाली अनुसन्धानकर्ताको उपस्थिति र योगदानलाई थप उजागर गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डा. कार्कीलाई उपलब्ध गराइएको उत्कृष्ट वैज्ञानिक सूचीकरणसम्बन्धी विवरणअनुसार उनको मुख्य अनुसन्धान क्षेत्र भौतिकशास्त्र तथा खगोल विज्ञान र उपक्षेत्र रासायनिक भौतिकशास्त्र रहेको छ। उक्त विवरणअनुसार उनको विश्वव्यापी समग्र स्थान ४२ हजार ६८३ तथा सम्बन्धित उपक्षेत्रमा ५३१ औँ स्थान रहेको छ। प्रमाणपत्रमा उनको ‘एच–सूचकाङ्क’ २२ तथा ‘एचएम–सूचकाङ्क’ ७ उल्लेख गरिएको छ।

सूचीकरणसम्बन्धी विवरणमा उल्लिखित तथ्याङ्क विश्वका उत्कृष्ट दुई प्रतिशत वैज्ञानिकसम्बन्धी एल्सेभियर तथा स्ट्यानफोर्ड विश्वविद्यालयको सूचीसँग सम्बन्धित स्रोतबाट लिइएको जनाइएको छ।

विश्वका उत्कृष्ट वैज्ञानिकसम्बन्धी सूचीहरू अनुसन्धानकर्ताका वैज्ञानिक प्रकाशन तथा ती प्रकाशन उद्धृत गरिएका आधारसँग सम्बन्धित सूचकहरूको विश्लेषणमा आधारित हुन्छन्। यस्ता सूचकले अनुसन्धानको अन्तर्राष्ट्रिय पहुँच र प्रभाव बुझ्न सहयोग गरे पनि वैज्ञानिक योगदानको मूल्याङ्कनमा अनुसन्धानको गुणस्तर, मौलिकता, व्यावहारिक उपयोगिता तथा समाजमा परेको प्रभावसमेत महत्त्वपूर्ण मानिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.