काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको दिन सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।