काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान सुरु भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ बजेसम्म मतदान हुनेछ।
महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन्। राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्। यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गरिरहेका छन्।
मतदान सम्पन्न भएपछि आजै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।