काठमाडौं। नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ।
बिहीबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज दुई हजार ९०० रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रूपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला चार हजार ३९० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार ४०५ रूपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढी हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।