शुक्रबार, आश्विन २३,२०८३ 01:00:27
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 01:00:27
Bizshala
Global IME Bank Limited

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : मल्होत्रा

Bizshala
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : मल्होत्रा
New Office

 

 काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपाली उत्पादन गुणस्तरीय हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको बताए।

उनले नेपालमा नेपाली वस्तुको ब्रान्डिङ अझै कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्रान्डसमेत बजारमा बिक्री भइरहेको उल्लेख गरे।

‘नेपालमा धेरै सम्भावना भएका वस्तु छन्। छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्रान्डिङ गर्न सकिएको छैन,’ उनले भने, ‘ब्रान्डिङका क्षेत्रमा कानुनी समस्या पनि छन्। उपयुक्त कानुन बनाएर त्यसलाई छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ।’

मल्होत्राले नेपाली ब्रान्ड केवल कुनै वस्तु वा सेवाको नाम मात्र नभई उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय भएको बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन वृद्धि मात्रै पर्याप्त नहुने उनको भनाइ थियो। उत्पादनसँगै ब्रान्डिङ, गुणस्तर, बजार विस्तार र उपभोक्ताको विश्वास निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए।

‘नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहिचान अपेक्षाकृत कमजोर छ,’ मल्होत्राले भने, ‘त्यसैले “मेड इन नेपाल” लाई विश्व बजारमा बलियो पहिचान दिलाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक छ।’

उनले नेपाली ब्रान्डलाई नेपालको बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि सरकारले स्थिर नीति, सहज व्यावसायिक वातावरण, लगानीमैत्री कानुन, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने उनको भनाइ थियो।

निजी क्षेत्रले उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तथा सञ्चार क्षेत्रले नेपाली उत्पादन र सफल उद्यमशीलताका सकारात्मक कथा स्वदेश तथा विदेशसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मल्होत्राले बताए।

नेपाली उद्योग तथा व्यवसायको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली ब्रान्डको पहिचानलाई प्राथमिकतामा राखेर अध्ययन तथा प्रतिवेदन तयार गरेकोमा उनले कर्पोरेट नेपाललाई धन्यवाद दिए।

उनले उक्त प्रतिवेदनले नेपाली ब्रान्डको वर्तमान अवस्था, चुनौती र सम्भावना बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताए।

‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी प्रतिवेदन आगामी दिनमा नीति निर्माण तथा व्यावसायिक रणनीति तय गर्नसमेत उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

मल्होत्राले अध्ययन, अनुसन्धान र तथ्यमा आधारित बहसले निजी क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने उल्लेख गर्दै नेपाली उत्पादनलाई स्वदेशी बजारमा मात्रै नभई विश्व बजारमा समेत गर्वका साथ स्थापित गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए।

नेपाली ब्रान्डको विकाससँगै उत्पादन, रोजगारी, निर्यात र समग्र अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने उनको भनाइ थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.