काठमाडौं । इलेक्ट्रिक मोबिलिटी समाधानमा काम गर्दै आएको दिगोले Ullens School लाई CHTC का १६–सीटर ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ।
विद्यालय यातायातलाई थप स्वच्छ, प्रभावकारी र दिगो बनाउने उद्देश्यसहित ती विद्युतीय भ्यान विद्यालयको फ्लीटमा समावेश गरिएको हो।
गाडीहरू निर्माता कम्पनीका प्रतिनिधि झु सियानसोंगले दिगो र Ullens School का प्रतिनिधिको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
CHTC का १६–सीटर इलेक्ट्रिक भ्यान दैनिक यात्रु आवतजावतलाई सहज र भरपर्दो बनाउने गरी डिजाइन गरिएको दिगोले जनाएको छ। कम्पनीका अनुसार ती भ्यानले कम सञ्चालन खर्च, न्यून उत्सर्जन र तुलनात्मक रूपमा शान्त यात्राको सुविधा प्रदान गर्छन्।
४० वटा इलेक्ट्रिक भ्यान आफ्नो यातायात फ्लीटमा थपेसँगै Ullens School ले परम्परागत इन्धनमा आधारित सवारीमाथिको निर्भरता घटाउँदै वातावरणमैत्री विद्यालय यातायाततर्फ कदम चालेको जनाएको छ।
दिगोका ग्रुप सीईओ सौरभ श्रेष्ठले Ullens School लाई ४० वटा CHTC १६–सीटर इलेक्ट्रिक भ्यान हस्तान्तरण गर्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले Ullens School ले दिगोमाथि देखाएको विश्वासले इलेक्ट्रिक मोबिलिटी र समग्र ईभी इकोसिस्टम निर्माणमा कम्पनीले गर्दै आएको कामलाई थप बल पुगेको बताए।
Ullens School की प्रधानाध्यापक एकता सिंह राणाले विद्युतीय भ्यानको समावेशले विद्यालयको यातायात सेवालाई अझ प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने बताइन्।
दिगोका अनुसार यो पहलले नेपालमा व्यावसायिक तथा यात्रुवाहक विद्युतीय सवारीको प्रयोग क्रमशः विस्तार हुँदै गएको संकेत गर्छ। सञ्चालन दक्षता र वातावरणीय जिम्मेवारीलाई सँगसँगै अघि बढाउन चाहने विद्यालय, व्यवसाय तथा संस्थाका लागि इलेक्ट्रिक फ्लीट व्यवहारिक विकल्प बन्दै गएको कम्पनीको भनाइ छ।
दिगोले कमर्सियल ईभी समाधान, चार्जिङ पूर्वाधार, ईभी रेन्टल फ्लीट, प्रविधिमा आधारित मोबिलिटी सेवा तथा बिक्रीपछिको सेवा र सहयोगमार्फत नेपालमा ईभी इकोसिस्टम विस्तार गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।