काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।
उपलब्ध तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले भदौसम्म ९८ हजार ३२५.३० लाख रुपैयाँ अर्थात् करिब ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो संकलन ८१ हजार २८१.८७ लाख रुपैयाँ अर्थात् करिब ८ अर्ब १२ करोड ८२ लाख रुपैयाँ थियो।
यस आधारमा एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन २०.९७ प्रतिशतले बढेको छ। रकमका आधारमा बीमाशुल्क संकलन करिब १ अर्ब ७० करोड ४३ लाख रुपैयाँले बढेको देखिन्छ।
चालु आवको भदौसम्म सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी सलिको इन्स्योरेन्स रहेको छ। कम्पनीले १ अर्ब ९ करोड ५० लाख ८० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन गरेको थियो। सलिकोको बीमाशुल्क संकलन २२.४३ प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले भदौसम्म १ अर्ब ४ करोड ३४ लाख ५० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ८४ करोड ८२ लाख ७५ हजार रुपैयाँ संकलन गरेको थियो। कम्पनीको बीमाशुल्क संकलन २३.०१ प्रतिशतले बढेको छ।
एनएलजी इन्स्योरेन्सले भदौसम्म ९७ करोड १७ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ७५ लाख १४ हजार रुपैयाँ संकलन गरेको थियो। कम्पनीको बीमाशुल्क संकलन ४१.३५ प्रतिशतले बढेको छ। उपलब्ध तथ्यांकमा यो नै सबैभन्दा उच्च वृद्धिदर हो।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको भदौसम्म यस्तो संकलन ७१ करोड १७ लाख ८३ हजार रुपैयाँ थियो। कम्पनीको बीमाशुल्क संकलन ३५.१२ प्रतिशतले वृद्धि भएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आवको भदौसम्म ८९ करोड ५२ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिको ७७ करोड ३३ लाख ४० हजार रुपैयाँको तुलनामा यो १५.७७ प्रतिशत बढी हो।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको भदौसम्म कम्पनीको यस्तो संकलन ६२ करोड ९१ लाख ८३ हजार रुपैयाँ थियो। कम्पनीको कारोबार ३१.१७ प्रतिशतले बढेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।