शुक्रबार, आश्विन २३,२०८३ 09:57:39
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 09:57:39
Bizshala
Global IME Bank Limited

भीआईपीका घरायसी काममा सुरक्षाकर्मी प्रयोग भएको गुनासो, सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

Bizshala
भीआईपीका घरायसी काममा सुरक्षाकर्मी प्रयोग भएको गुनासो, सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन
New Office

काठमाडौं । व्यक्तिगत सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई घरायसी र निजी काममा समेत प्रयोग गरिएको गुनासोपछि गृह मन्त्रालयले कार्यविधिविपरीत परिचालित सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सबै सुरक्षाकर्मी सात दिनभित्र अनिवार्य रूपमा आ–आफ्नो दरबन्दी रहेको कार्यालयमा फर्काउन भनिएको हो।

अति विशिष्ट (भीभीआईपी) तथा विशिष्ट (भीआईपी) व्यक्तिको सुरक्षाका नाममा खटाइएका जनशक्तिको प्रयोग कार्यविधिअनुसार भए नभएको विषयमा मन्त्रालयले चासो देखाएको छ। बिहीबार जारी निर्देशनमा सुरक्षाकर्मी फिर्ता गर्ने समयसीमा तोक्नुका साथै नियमविपरीत खटाउने अधिकृत वा पदाधिकारीलाई समेत कारबाही गर्ने चेतावनी दिइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ ले व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) उपलब्ध गराउने स्पष्ट व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार सुरक्षाकर्मी परिचालन हुँदै आएको भए पनि पछिल्लो समय उनीहरूलाई तोकिएको सुरक्षा जिम्मेवारीबाहेक घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको निर्देशनअनुसार कार्यविधिले व्यवस्था गरेभन्दा बाहिर खटाइएका वा राखिएका सबै सुरक्षाकर्मी फिर्ता गर्नुपर्नेछ। यसले सुरक्षाकर्मीको परिचालनसँगै उनीहरूलाई खटाउने निर्णय गर्ने अधिकारीको जवाफदेहितालाई पनि समेटेको छ।

निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ। अर्थात्, अनधिकृत रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता पठाउँदैमा उनीहरूलाई खटाउने अधिकारी कारबाहीबाट जोगिने छैनन्।

गृह मन्त्रालयले सुरक्षाकर्मीलाई कानुनविपरीत घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएको जानकारी भए आफ्नो कल सेन्टरमा सूचना दिनसमेत आग्रह गरेको छ। यस्तो सूचना सर्वसाधारणसँगै सम्बन्धित ठाउँमा खटिएका सुरक्षाकर्मी स्वयंले पनि दिन सक्नेछन्।

सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने मन्त्रालयले जनाएको छ। यससँगै निजी काममा लगाइएका सुरक्षाकर्मीलाई आफ्नो अवस्थाबारे मन्त्रालयसम्म जानकारी पुर्‍याउने बाटोसमेत खुला गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.