काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बेनीघाटदेखि मुग्लिङसम्म उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सूचना जारी गर्दै नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार बुढीगण्डकी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेको छ।
नदीको जलस्तर घटबढ भइरहेकाले त्रिशूली नदीको बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिङसम्म उच्च जोखिम तथा चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।