सोमबार, आश्विन २६,२०८३ 02:25:08
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:25:08
Bizshala
Global IME Bank Limited

घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सको ‘JCB शुभारम्भ’, देशभर २७ भन्दा बढी मेसिन हस्तान्तरण

Bizshala
घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सको ‘JCB शुभारम्भ’, देशभर २७ भन्दा बढी मेसिन हस्तान्तरण
New Office

काठमाण्डौ । नेपालका लागि JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर देशभरका १२ शाखाबाट २७ भन्दा बढी JCB मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ।

कम्पनीले ‘JCB शुभारम्भ’ नाम दिएर आयोजना गरेको विशेष कार्यक्रममा परम्परागत विधिअनुसार मेसिनको पूजा, टीका तथा माला अर्पण गरी ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो।

ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिको उपस्थितिमा सम्पन्न कार्यक्रममा केक काट्नुका साथै मिठाई वितरण गरिएको थियो। त्यसपछि ग्राहकले आफ्ना नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

हस्तान्तरण गरिएका मेसिनमा JCB 3DX ब्याकहो लोडर, एक्साभेटर र एग्रीम्याक्सलगायतका मोडेल समावेश छन्।

एमएडब्ल्यू अर्थमुभर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले घटस्थापनालाई शुभ कार्यको सुरुवातसँग जोड्दै २७ भन्दा बढी ग्राहकले नयाँ JCB सँगै आफ्नो व्यवसायको नयाँ अध्याय सुरु गरेको बताए।

उनले यो कार्यक्रमलाई केवल मेसिन हस्तान्तरणमा सीमित नभई २७ भन्दा बढी परिवार तथा व्यवसायको नयाँ सुरुवातका रूपमा लिएको उल्लेख गर्दै कम्पनीमाथि विश्वास गर्ने ग्राहकप्रति आभार व्यक्त गरे।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार हस्तान्तरण गरिएका मेसिन विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण, कृषि तथा अन्य आर्थिक गतिविधिमा परिचालन हुनेछन्।

एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा JCB मेसिन तथा सम्बन्धित सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। देशभर फैलिएको आफ्नो सञ्जालमार्फत कम्पनीले हालसम्म १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बताएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.