आईतवार, असार १५,२०८२ 06:40:42
  • आईतवार, असार १५,२०८२ 06:40:42
Global IME Bank Limited

खानीखोला जलविद्युत ४७.९६ लाख घाटामा, विद्युत बिक्री आम्दानी ५% ले घट्यो

Hyundai Nepal
खानीखोला जलविद्युत ४७.९६ लाख घाटामा, विद्युत बिक्री आम्दानी ५% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । खानीखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा ४७ लाख ९६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले ४१ लाख १७ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ११ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.८१ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमातर्फत १२ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च ३१.२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिसम्म कम्पनीले २ करोड १३ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै यो अवधिमा कम्पनीले ७ करोड ९ लाख रुपैयाँ बैंकको ब्याज भुक्तानी गरेको छ ।  

कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म ७७ करोड ४९ लाख रुपैयाँबराबरको कर्जा लिएको छ । कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ९७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.०३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८५.०१ रुपैया, मूल्य आम्दानी अनुपात २४१.७७ गुणा र तरलता अनुपात २.३५ प्रतिशत कायम भएको छ ।    

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.