सोमबार, आश्विन २६,२०८३ 08:12:34
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:12:34
Bizshala
Global IME Bank Limited

एनसेल–सामसङ सहकार्य, घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतसम्म छुट

Bizshala
एनसेल–सामसङ सहकार्य, घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतसम्म छुट
New Office

 

काठमाण्डौ ।  एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई चाडपर्वको अवसरमा घरायसी विद्युतीय उपकरण खरिदमा थप छुट उपलब्ध गराउने भएको छ।

यो सहकार्यअन्तर्गत एनसेलका योग्य ग्राहकले सामसङका टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायत उपकरण खरिद गर्दा सामसङले दिँदै आएको चाडपर्व छुटमाथि थप १२ प्रतिशतसम्म अतिरिक्त छुट पाउनेछन्।

कम्पनीका अनुसार यसरी ग्राहकले कुल ३१ प्रतिशतसम्म खर्च बचत गर्न सक्नेछन्। अतिरिक्त छुटको दर ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत हुनेछ र यो ग्राहकले प्रयोग गरिरहेको प्याक वा रेन्टल प्याकमा निर्भर रहनेछ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा सहकार्यलाई औपचारिक रूप दिइएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अफर असोज २२ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। यस अवधिमा दसैं, तिहार र छठलगायत प्रमुख चाडपर्व परेका छन्।

अफर लिन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ। योग्य ठहरिएका ग्राहकले नेपालभर रहेका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रबाट छुट सुविधा लिन सक्नेछन्।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले कम्पनीले कनेक्टिभिटी सेवामा मात्र सीमित नरही ग्राहकलाई थप मूल्य र लाभ दिने उद्देश्यअनुसार सामसङसँग सहकार्य गरिएको बताए।

उनका अनुसार यो सहकार्यले चाडपर्वमा घरायसी विद्युतीय उपकरण खरिद गर्ने ग्राहकको खर्च घटाउन मद्दत गर्नुका साथै सेवा अनुभवलाई थप सहज र लाभदायी बनाउने अपेक्षा गरिएको छ।

यो सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोडेको दुवै कम्पनीले जनाएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.