काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ।
आज बजार बढ्दा १ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ। यसअघि पनि बजारमा लगातार करिब १० दिन १ अर्ब रुपैयाँमात्रै कारोबार भएको थियो।
प्राविधिक रुपमा बजारलाई आवरली बेसमा हेर्दा ब्यान्डको लोवर विन्दुमा नै चलेको छ। यो ब्यान्डमार्फत बजारलाई हेर्दा मध्य ब्यान्ड १९५३ मा पर्न आउँछ। यदि बजार त्यहाँभन्दा माथि टिकेर कारोबार भएको खण्डमा अल्पकालका लागि बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ।
म्याक्डीमार्फत हेर्दा ३ सातापछि बुलिस क्रसओभर र सकारात्मक हिस्टोग्राम बनेको छ। आरएसआईमा भने बजार अल्पकालका लागि बुलिस डाइभर्जेन्स देखिन्छ। अर्थात्, बजार घट्दै जाँदा आरएसआई ओभर सोल्ड जोन २५ बाट फर्केर हाल ४० को तहमा पुगेको छ।
पिभटमार्फत हेर्दा बजार १९५१ मा पर्न जान्छ। यदि आगामी कारोबारमा बजार यो विन्दुभन्दा माथि गएमा बुल ट्रेन्ड मान्न सकिन्छ।
बढ्दै गएमा बजारले क्रमशः १९७२, २०१२ र २०३३ मा प्रतिरोध सामना गर्न सक्छ। यदि आगामी दिनमा करेक्सन आएमा भने बजारले अबको नजिकको सपोर्ट क्रमशः १९११, १८९० र १८५० मा सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                