मंगलवार, आश्विन २७,२०८३ 02:59:02
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 02:59:02
Bizshala
Global IME Bank Limited

स्टाइल उही, पावर थप दमदार: नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी

Bizshala
स्टाइल उही, पावर थप दमदार: नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
New Office

काठमाण्डौ । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो ।

काठमाण्डौको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो । नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक विरासत, मौलिक इटालियन डिजाइन र थप शक्तिशाली राइडिङ अनुभवलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

‘एन इटालियन मास्टरपिस’ अर्थात् इटालियन कलाको उत्कृष्ट नमुना का रूपमा परिचित भेस्पाले आफ्नो विशिष्ट डिजाइन, आकर्षक बनावट र छुट्टै पहिचानमार्फत विश्वभरका राइडरमाझ विशेष स्थान बनाएको छ । दशकौँदेखि कायम रहेको यसको ऐतिहासिक विरासत र कालजयी डिजाइनले भेस्पालाई यातायातको साधनमा मात्र सीमित नराखी जीवनशैली र व्यक्तिगत पहिचानको प्रतीकका रूपमा स्थापित गरेको छ ।

नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले यही ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै नेपाली ग्राहकलाई १५० सिसी क्षमतामा थप शक्तिशाली विकल्प उपलब्ध गराएको छ । भेस्पाको मौलिक इटालियन शैली, आकर्षक डिजाइन र विशिष्ट पहिचानलाई कायम राख्दै ल्याइएको नयाँ मोडलले स्टाइलसँगै दैनिक यात्रामा थप पावर खोज्ने राइडरको अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

डेल्टा अटोकर्प प्रा. लि.का निर्देशक केतन भिमसारियाले भने, “नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी इटालियन डिजाइन र प्रतिष्ठित शैलीलाई कायम राख्दै अझ शक्तिशाली राइडिङ अनुभव प्रदान गर्न चाहन्छौँ ।”

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भेस्पा लामो समयदेखि स्कुटरभन्दा बढी व्यक्तिगत शैली, मौलिकता र जीवनशैलीको प्रतीकका रूपमा परिचित छ । पुस्तौँदेखि राइडरलाई आकर्षित गर्दै आएको यसको पहिचानलाई कायम राख्दै नयाँ १५० सिसी मोडलले नेपाली बजारमा भेस्पाका विकल्पलाई थप विस्तार गरेको छ ।

स्कुटर सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि, शुभचिन्तक तथा भेस्पाका पारखीहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीको सार्वजनिकरण कम्पनी र नेपालका भेस्पा ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । 

उनले नयाँ भेस्पा १५० मा इटालियन डिजाइनका साथै आधुनिक प्रविधि र उत्कृष्टि पर्फर्मेन्स पनि हुने बताए । साथै, नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यो स्कुटरले नेपाली ग्राहकलाई स्टाइलका साथै आराम र पावरको पनि उत्कृष्ट अनुभव प्रदान गर्ने उनको विश्वास छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उनले भने, “भेस्पाको समृद्ध ऐतिहासिक विरासत र विशिष्ट पहिचानले पुस्तौँदेखि राइडरहरूलाई आकर्षित गर्दै आएको छ । नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी स्टाइल र मौलिक पहिचानमा कुनै सम्झौता नगरी थप शक्तिशाली विकल्प उपलब्ध गराउन पाउँदा खुसी छौँ । देशभर विस्तार हुँदै गएको हाम्रो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।”

नेपालमा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत भेस्पाको उपस्थिति विस्तार गर्दै आएको डेल्टा अटोकर्पले नयाँ मोडलसँगै ग्राहकका लागि उपलब्ध विकल्पलाई थप फराकिलो बनाएको छ । इटालियन डिजाइन, विशिष्ट पहिचान र दैनिक यात्राका लागि उपयुक्त स्कुटर खोज्ने ग्राहकलाई नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले आकर्षित गर्ने कम्पनीको अपेक्षा छ ।

नयाँ मोडलका विशेषता तथा उपलब्धताबारे थप जानकारी लिन ग्राहकहरूले नेपालभर रहेका भेस्पाका आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X