काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन देशभरका १०९ ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल गरेका विद्यालयलाई प्राथमिकतामा राखी चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ। पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।
निकासा भएको बजेटबाट प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था हुनेछ।
मन्त्री पोखरेलले विद्यार्थीको उच्च चाप भएका र विद्यार्थी अभाव झेलिरहेका सामुदायिक विद्यालयबीचको असमानता अन्त्य गर्न पूर्वाधार सुधार अभियान सुरु गरिएको बताए। उनले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचना समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक, अभिभावक र विद्यार्थीलाई सहकार्यका लागि आह्वान गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।