बुधबार, श्रावण २७,२०८३ 08:23:59
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:23:59
Bizshala
Global IME Bank Limited

६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

Prabhu Bank Limited
६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये माइक्रोफाइनान्स र अन्य समूहमा मात्रै हरियाली छाएको छ भने ११ समूह राताम्य भएका छन् । बीमा समूहमा दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४४ प्रतिशत र निर्जीवन बीमा समूह ०.८५ प्रतिशतले घटेको छ । बीमा समूहहरु घटेपनि आज ६ वटा बीमा कम्पनीका सेयरधनीले कमाएका छन् । सर्वाधिक सेयरमूल्य बढ्ने बीमा कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ०.९९ प्रतिशतले बढेर ३९९ रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेशनल लाइफको ०.९० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.८० प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१९ प्रतिशत र एलआइसी नेपालको ०.१६ प्रतिशतले सेयरमूल्य बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । 

कम्पनीको सेयरभाउ २.२७  प्रतिशतले घटेर ७६७.२० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सुर्यज्योति लाइफको १.९६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८९ प्रतिशत, सन नेपाल लाइफको १.७२ प्रतिशत, सलिकोको १.६२ प्रतिशत, हिमालयन रि को १.१५ प्रतिशत, सानिमा रिलायन्सको १.१४ प्रतिशत, सानिमा जिआइसीको १.१० प्रतिशत, सिटिजन लाइफको १.०६ प्रतिशत, हिमालयन एभरेष्टको १.०१ प्रतिशत, सिद्धार्थ प्रिमियरको १ प्रतिशत, युनाइटेड अजोडको ०.८६ प्रतिशत, आरबीसीएलको ०.५९ प्रतिशत, नेपाल लाइफको ०.५३ प्रतिशत, एनएलजीको ०.५२ प्रतिशत, आइएमई लाइफको ०.३५ प्रतिशत, र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.०७ प्रतिशतले सेयरभाउ घटेकोछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.