काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले नेपाली फेसन तथा लाइफस्टाइल ब्रान्ड KTM CTY मा विशेष छुट पाउने भएका छन्।
बैंक र KTM CTY बीच भएको सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले KTM CTY का देशभर रहेका १७ वटै आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।
KTM CTY ले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ। नवीनता, गुणस्तर र ग्राहकको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै आएको कम्पनीले फेसन तथा लाइफस्टाइल क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको बैंकले जनाएको छ।
यस सहकार्यबाट बैंकका डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने ग्राहकले थप सुविधा र आकर्षक खरिद अनुभव प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।
ग्राहकलाई थप सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।