काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २२० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।