बिहीबार, आश्विन २९,२०८३ 01:51:36
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 01:51:36
Bizshala
Global IME Bank Limited

बाढीले बगाएको प्रतिमाको व्यवसाय फेरि उठ्दै, नामिया सदस्य घिमिरेले दिए मसला पिस्ने मेसिन

Bizshala
बाढीले बगाएको प्रतिमाको व्यवसाय फेरि उठ्दै, नामिया सदस्य घिमिरेले दिए मसला पिस्ने मेसिन
New Office

काठमाण्डौ ।  बाढीले कारखाना नै बगाएपछि आम्दानीको स्रोत गुमाएकी नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी प्रतिमा मिजारलाई व्यवसाय पुनः सञ्चालनका लागि मसला तथा बेसार पिस्ने मेसिन सहयोग गरिएको छ।

नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य तथा कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले ३३ वर्षीया मिजारलाई मेसिन पूर्ण अनुदानमा उपलब्ध गराएका हुन्।

मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा अन्य मसला प्रशोधन गरी पाँच सदस्यीय परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन्। तर, हालै आएको विनाशकारी बाढीले उनको कारखाना पूर्ण रूपमा बगाएपछि व्यवसाय ठप्प हुनुका साथै परिवारको नियमित आम्दानीसमेत रोकिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बाढीपछि व्यवसाय पुनःस्थापना गर्न आर्थिक अभाव झेलिरहेकी मिजारलाई आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत मेसिन हस्तान्तरण गरिएको घिमिरेले बताएका छन्।

नयाँ मेसिन प्राप्त भएसँगै मिजारले पुनः मसला तथा बेसार प्रशोधन व्यवसाय सञ्चालन गर्न सक्ने भएकी छन्। यसबाट उनको परिवारको आम्दानीको स्रोत पुनःस्थापित हुनुका साथै जीविकोपार्जन सहज हुने अपेक्षा गरिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बाढीबाट प्रभावित परिवारलाई राहतमा मात्र सीमित नराखी पुनः आयआर्जनमा जोड्ने गरी गरिएको सहयोगप्रति मिजारको परिवार तथा स्थानीयवासीले घिमिरे र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घप्रति आभार व्यक्त गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.