बिहीबार, आश्विन २९,२०८३ 02:27:15
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:27:15
Bizshala
Global IME Bank Limited

बिर्तामोडमा एक क्विन्टलभन्दा बढी सडेगलेको माछा–मासु बरामद, खाल्डोमा गाडेर नष्ट

Bizshala
बिर्तामोडमा एक क्विन्टलभन्दा बढी सडेगलेको माछा–मासु बरामद, खाल्डोमा गाडेर नष्ट
New Office

 

काठमाण्डौ । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका माछा तथा मासु पसलमा गरिएको अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त ठूलो परिमाणको माछा र मासु बरामद गरिएको छ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा बिहीबार गरिएको अनुगमनका क्रममा १९ वटा पसलबाट ८३ किलो मासु र २६ किलो माछा नियन्त्रणमा लिइएको हो। बरामद गरिएको माछा–मासु खाल्डोमा गाडेर नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा केही पसलमा प्यान नम्बरलगायत व्यवसाय सञ्चालनका आवश्यक कागजातसमेत नभेटिएको जनाइएको छ। पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि अटेर गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उपप्रमुख संग्रौलाले बताए।

उनका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने खाद्यवस्तुको बिक्री रोक्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमन गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पशु सेवा कार्यालयका प्रमुख डा. शीतल भट्टराईले विगतका वर्षको तुलनामा पसलको सरसफाइमा केही सुधार देखिए पनि गुणस्तरहीन तथा सडेगलेका खाद्यवस्तु बिक्री गर्ने समस्या अझै कायमै रहेको बताए।

अनुगमन टोलीले खाद्यवस्तुको गुणस्तर, माछा तथा मासुको भण्डारण अवस्था, पसलको सरसफाइ र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजातसमेत परीक्षण गरेको थियो।

अनुगमनमा उपप्रमुख संग्रौलासहित पशु सेवा कार्यालय, उपभोक्ता जागरण अभियान बिर्तामोड, इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि सहभागी थिए।

माछा र मासु छिटो बिग्रने खाद्यवस्तु भएकाले उचित तापक्रममा भण्डारण र सरसफाइ कायम गर्न व्यवसायीलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ। मापदण्डविपरीत कारोबार गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गर्दै बजार अनुगमनलाई निरन्तरता दिइने पनि नगरपालिकाले स्पष्ट पारेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.