बिहीबार, आश्विन २९,२०८३ 07:01:52
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 07:01:52
Bizshala
Global IME Bank Limited

महँगीको मारमा दशैं बजारः उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत, व्यापार ५० प्रतिशतसम्म खस्कियो

Bizshala
महँगीको मारमा दशैं बजारः उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत, व्यापार ५० प्रतिशतसम्म खस्कियो
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । दशैंको मुखमा बजारमा चहलपहल बढ्नुपर्ने बेला यस वर्ष काठमाडौंका प्रमुख व्यापारिक क्षेत्र सुनसानजस्तै देखिएका छन्। महँगी तीव्र बढ्दा उपभोक्ताको क्रयशक्ति कमजोर बनेको र त्यसको सीधा असर खुद्रा व्यापारमा परेको व्यवसायीहरू बताउँछन्। कतिपय व्यवसायीका अनुसार गत वर्षको तुलनामा कारोबार ४० देखि ५० प्रतिशतसम्म घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिले पनि मूल्यवृद्धि उच्च देखाएको छ। भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो।

बजारमा भने सरकारी तथ्यांकभन्दा पनि महँगीको असर अझ प्रत्यक्ष देखिएको छ। भाँडाकुँडा, ड्राई फ्रुट्सदेखि साडी तथा लत्ताकपडासम्मको मूल्य बढेपछि दशैंको खरिद नै संकुचित भएको व्यवसायीहरूको अनुभव छ।

थालको मूल्य किलोमै १,४०० रुपैयाँ बढ्यो

असनस्थित पूजा भाँडा व्यवसायी राजकुमार कार्कीका अनुसार यस वर्ष दशैंमा कारोबार गत वर्षको तुलनामा करिब ५० प्रतिशत घटेको छ।

“अघिल्लो वर्ष प्रतिकिलो ३ हजार ६ सय रुपैयाँ पर्ने थाल अहिले ५ हजार रुपैयाँ पुगेको छ,” उनले भने। उनका अनुसार ६ पिस काँसको थालको सेट गत वर्ष १२–१३ हजार रुपैयाँमा बिक्री हुने गरेकोमा अहिले १७–१८ हजार रुपैयाँ पुगेको छ।

अत्यधिक मूल्यवृद्धिसँगै बाढी, पहिरो र वर्षाले पनि व्यापारमा असर गरेको उनको भनाइ छ। कारोबार घट्दा पसलको भाडा र कर्मचारीको तलब व्यवस्थापन गर्नसमेत कठिन भएको उनले बताए।

ड्राई फ्रुट्सको मूल्य एक महिनामै चर्कियो

दशैंमा बढी माग हुने ड्राई फ्रुट्सको कारोबार पनि उल्लेख्य रूपमा घटेको छ। असनका व्यवसायी लोकबहादुर तामाङका अनुसार समग्र व्यापार ५० प्रतिशतसम्म घटेको छ भने गत वर्षको दशैंको तुलनामा कारोबार करिब ४० प्रतिशत कम छ।

उनका अनुसार एक महिनाअघि प्रतिकिलो २ हजार ६ सय रुपैयाँ रहेको पिस्ताको मूल्य अहिले ३ हजार ४ सयदेखि ३ हजार ५ सय रुपैयाँ पुगेको छ। बदाम १ हजार ६५० रुपैयाँबाट १ हजार ९०० रुपैयाँ, ओखर ४८० रुपैयाँबाट ५५० रुपैयाँ र किसमिस ६५० रुपैयाँबाट ८०० रुपैयाँ प्रतिकिलो पुगेको छ।

भारतबाटै मूल्य बढेर आएको र ढुवानी लागतमा परेको दबाबले मूल्य थप चर्किएको व्यवसायीको भनाइ छ।

साडीमा घाटामै ‘स्टक क्लियर’

लत्ताकपडा बजारको अवस्था पनि उस्तै छ। असनका साडी व्यवसायी विजन घर्तीका अनुसार गत वर्षको तुलनामा यस वर्ष साडीको कारोबार करिब ५० प्रतिशत घटेको छ।

बढेको मूल्यमा उपभोक्ताले सामान किन्न नचाहेपछि स्टक क्लियर गर्न व्यवसायीले घाटामै बिक्री गर्नुपरेको उनले बताए।

“१५ सय रुपैयाँमा बेच्नुपर्ने साडी एक हजार रुपैयाँमै दिनुपर्ने अवस्था छ। धेरै साडीमा पाँच सय रुपैयाँसम्म घटाएर बेचिरहेका छौं,” उनले भने।

उनका अनुसार करको भार, ढुवानी अवरोध र कमजोर मागले तीज तथा दशैं दुवै सिजनको व्यापार प्रभावित भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

खाद्य वस्तुको मूल्यवृद्धि अझ तीव्र

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.७५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मुद्रास्फीति १.३४ प्रतिशत ऋणात्मक थियो।

घ्यू तथा तेलको मूल्य १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको मूल्य ६.७१ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि ५.६९ प्रतिशत पुगेको छ। यातायात उपसमूहमा १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ७.०६ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ६.०१ प्रतिशत मूल्यवृद्धि भएको छ।

थोक बजारमा मूल्यवृद्धिको दबाब अझ बढी छ। भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २.१० प्रतिशत थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ग्रामीण क्षेत्रमा महँगी बढी

भदौमा ग्रामीण क्षेत्रको मुद्रास्फीति ६.७८ प्रतिशत र सहरी क्षेत्रको ६.१९ प्रतिशत रहेको छ। भौगोलिक रूपमा तराईमा ६.८९ प्रतिशत, पहाडमा ६.४१ प्रतिशत, हिमालमा ५.६९ प्रतिशत र काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ।

प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ७.४८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ५.१६ प्रतिशत मुद्रास्फीति रहेको छ।

महँगी बढ्दा दशैंको ‘डिमान्ड’ नै कमजोर

सामान्यतया दशैंमा बजारमा किनमेलको चाप बढ्ने र वर्षकै उच्च कारोबार हुने अपेक्षा गरिन्छ। तर यस वर्ष मूल्यवृद्धि, कमजोर क्रयशक्ति, प्राकृतिक प्रकोपबाट सिर्जित अवरोध र लागत वृद्धिको संयुक्त प्रभावले बजारको परम्परागत दशैं रौनक कमजोर बनेको व्यवसायीहरूको अनुभव छ।

उपभोक्ताले आवश्यकताभन्दा बाहिरको खरिद कटौती गर्दा एकातिर माग घटेको छ भने अर्कोतिर व्यवसायी स्टक घटाउन मूल्यमा छुट दिन बाध्य छन्। यसले महँगी उच्च भए पनि खुद्रा व्यापार भने सुस्त बनेको विरोधाभासी अवस्था देखाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.