काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ।
फाइनान्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता अर्थात् कुल ४० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो। उक्त सेयरमा वार्षिक ८.७५ प्रतिशत लाभांश दर कायम गरिनेछ।
कम्पनीका अनुसार यो अविमोच्य असञ्चिति अग्राधिकार सेयर हुनेछ। यसअन्तर्गत मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण हुनेछ। फाइनान्सले उक्त सेयर सर्वसाधारणका लागि नभई निजी तवरबाट संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।