काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२’ को आधारमा गहुँको नयाँ समर्थन मूल्य तोकेकी हुन्।
सरकारले चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ।
गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ९४५ रुपैयाँ रहेको थियो। यसपटक सरकारले प्रतिक्वीन्टल १६२ रुपैयाँले मूल्य बढाएको हो।
न्यूनतम समर्थन मूल्य निर्धारणले किसानले उत्पादन गरेको गहुँ अत्यन्त कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था न्यूनीकरण गर्न तथा बजारमा न्यूनतम मूल्यको आधार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।