शुक्रबार, आश्विन ३०,२०८३ 04:47:01
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 04:47:01
Bizshala
Global IME Bank Limited

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

Bizshala
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
New Office

 काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

काठमाडौंको खिचापोखरीमा सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा भएको हो।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले भविष्यमा नयाँ परियोजनाको पहिचान गरी लगानी गर्न आवश्यक परेमा त्यससम्बन्धी निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित भएको छ।

त्यसैगरी, अन्य कम्पनीमा लगानी गर्न सहज बनाउने उद्देश्यले कम्पनीलाई होल्डिङ कम्पनीमा रूपान्तरण गर्ने तयारीअनुसार कम्पनीको नाम परिवर्तन गर्ने तथा सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।

प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन वा थप व्यवस्थामाथि नियामक निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भए त्यसअनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

साधारणसभाबाट चार जना सञ्चालकसमेत निर्वाचित भएका छन्। निर्वाचित हुनेमा रुपेश तामाङ, सुरेश कुमार स्थापित, मिरा पाण्डे र कुशल खरेल रहेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.