शुक्रबार, आश्विन ३०,२०८३ 05:36:08
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 05:36:08
Bizshala
Global IME Bank Limited

मिठाई व्यवसायीलाई विभागको निर्देशन, सामग्री र मूल्य स्पष्ट देखिने गरी राख्नुपर्ने

Bizshala
मिठाई व्यवसायीलाई विभागको निर्देशन, सामग्री र मूल्य स्पष्ट देखिने गरी राख्नुपर्ने
New Office

काठमाण्डौ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई उपभोक्ताले सहजै देख्ने गरी मिठाईको मुख्य कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग गरिसक्नुपर्ने मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणलाई ध्यानमा राख्दै यस्तो सूचना जारी गरेको हो। मिठाई व्यवसायीले आफूले उत्पादन गरेको मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थबारे जानकारी दिनुपर्ने विभागले जनाएको छ।

त्यस्तै मिठाई कुन तेल वा घिउ प्रयोग गरी तयार गरिएको हो भन्ने विवरणसमेत खुलाउनुपर्नेछ। उपभोक्ताले मिठाई किन्नुअघि आवश्यक जानकारी पाउन सकून् भन्ने उद्देश्यले यी विवरण बिक्रीस्थलमै स्पष्ट देखिने गरी राख्न भनिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विभागका अनुसार मिठाईको उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य समेत ग्राहकले सहजै देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा उल्लेख गर्नुपर्नेछ।

विभागले यो व्यवस्था २०८३ कात्तिक ११ गतेदेखि लागू हुने गरी होटल, मिठाई पसल, मिठाई भण्डारलगायत सम्बन्धित व्यवसायीलाई जानकारी गराएको छ।

निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विभाग वा मातहतका कार्यालयबाट व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरी प्रदान गरिने ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत व्यवसायीलाई जानकारी गराइएको छ।

विभागले मिठाईको नाम, मुख्य सम्मिश्रण, तेल वा घिउको प्रकार, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य उल्लेख गर्न नमुना ढाँचासमेत सार्वजनिक गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.