काठमाण्डौ । आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि कोशी र गण्डकीका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कात्तिक ६ गते भने कर्णालीका हिमाली क्षेत्रमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक ५ गते बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मुख्यतया सफा मौसम रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्नेछ।
कात्तिक ५ गते बिहीबार
दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
राति कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने अनुमान छ।
कात्तिक ६ गते शुक्रबार
शुक्रबार दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
राति कोशी, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने र तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने प्रक्षेपण छ।
कात्तिक ७ गते शनिबार
शनिबार दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
राति कोशी, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरोको सम्भावना कायमै रहनेछ।
मौसमी चेतावनी जारी छैन
महाशाखाले यस बुलेटिनमा कुनै मौसमी चेतावनी जारी गरेको छैन। यद्यपि सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन अनुरोध गरेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।