आईतवार, कार्तिक ८,२०८३ 01:53:28
  • आईतवार, कार्तिक ८,२०८३ 01:53:28
Global IME Bank Limited

हिमालय नेपाल कृषि कम्पनीको १८ करोड कारोबार लक्ष्य उत्पादनदेखि निर्यातसम्म विस्तारको योजना

Bizshala
हिमालय नेपाल कृषि कम्पनीको १८ करोड कारोबार लक्ष्य उत्पादनदेखि निर्यातसम्म विस्तारको योजना
New Office

 

काठमाण्डौ । हिमालय नेपाल कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा १८ करोड रुपैयाँको बिक्री कारोबार गर्ने लक्ष्य अघि सारेको छ। कम्पनीको प्रथम वार्षिक साधारणसभामा कृषि उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणलाई जोड्दै सम्भाव्य उपज अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने रणनीति प्रस्तुत गरिएको हो।

काठमाण्डौमा आयोजित सभामा प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले ‘उत्पादनदेखि विश्वबजारसम्म’ भन्ने नारासहित प्रस्तावित नीति तथा कार्यक्रम र व्यवस्थापन प्रतिज्ञापत्र प्रस्तुत गरे। उनले व्यावसायिक कृषि विस्तारसँगै उत्पादनको मूल्य अभिवृद्धि, बजार पहुँच र संस्थागत सुशासनमा जोड दिने बताए।

उत्पादनदेखि बजारसम्म एकीकृत व्यवसाय

शर्माका अनुसार कम्पनीले आफ्नै कृषि उत्पादनसँगै कृषकसँगको सहकार्यमा उत्पादन विस्तार गर्ने योजना बनाएको छ। आवश्यक कृषि सामग्रीको आयात, स्वदेशी उपजको प्रशोधन, आन्तरिक बजारमा बिक्री वितरण र सम्भाव्य उत्पादनको निर्यातलाई एउटै व्यावसायिक प्रणालीमा जोड्ने कम्पनीको रणनीति छ।

पानी प्रशोधन, जैविक मल तथा च्याउ उत्पादन, कृषि जग्गाको एकीकरण र सञ्चालनमा कठिनाइ भोगिरहेका कृषि उद्यमको पुनर्संरचनालाई पनि दीर्घकालीन योजनामा समेटिएको उनले जानकारी दिए।

परम्परागत उत्पादन प्रणाली, आधुनिक प्रविधिको सीमित प्रयोग, उत्पादन र बजारबीचको कमजोर सम्बन्ध तथा प्रशोधनको अभाव कृषि व्यवसायका प्रमुख चुनौती रहेको शर्माले बताए। यी समस्या समाधान गर्दै उत्पादकत्व र कृषकको आम्दानी बढाउने तथा आयात निर्भरता क्रमशः घटाउने कम्पनीको उद्देश्य रहेको उनको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सिंगाको परियोजनालाई मुख्य सञ्चालन आधार बनाइने

कम्पनीले बेनी नगरपालिका–४ सिंगास्थित कृषि परियोजनालाई प्रमुख सञ्चालन आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। उक्त परियोजनामा कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गर्दै आम्दानीका विभिन्न स्रोत विस्तार गर्ने योजना छ।

परियोजनाको उत्पादन क्षमता, बिक्री, सञ्चालन लागत, बजार, जैविक सुरक्षा र नगद प्रवाहको नियमित समीक्षा गरेर सञ्चालन प्रभावकारी बनाइने शर्माले बताए।

कुल सम्पत्ति करिब १० करोड १८ लाख

सभामा प्रस्तुत विवरणअनुसार कम्पनीको कुल सम्पत्ति करिब १० करोड १८ लाख रुपैयाँ छ। सेयर पुँजी ३ करोड ७० लाख ५० हजार रुपैयाँ र अग्रिम सेयर पुँजी ५ करोड ७९ लाख ८४ हजार ७५० रुपैयाँ रहेको उल्लेख छ। सञ्चित कोष तथा जगेडा करिब ७ लाख ३८ हजार रुपैयाँ छ।

शर्माले कम्पनीले पहिलो आर्थिक वर्षमै नाफा आर्जन गरेको बताए। उपलब्ध विवरणमा भने वार्षिक खुद नाफाको रकम खुलाइएको छैन।

पहिलो वर्षलाई संस्थागत आधार निर्माण, पुँजी परिचालन, व्यावसायिक सञ्चालन र वित्तीय अभिलेख व्यवस्थापनको प्रारम्भिक वर्षका रूपमा लिएको उनले बताए। आगामी दिनमा नाफाको स्थायित्व, नगद प्रवाह, ऋण व्यवस्थापन र सम्पत्तिको उत्पादक उपयोगलाई प्राथमिकता दिने उनको भनाइ छ।

लाभांशको लक्ष्य र दीर्घकालीन आईपीओ योजना

व्यवस्थापनले सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशत लाभांश वितरण गर्ने लक्ष्य प्रस्तुत गरेको छ। उक्त प्रतिशत व्यवस्थापनको भावी लक्ष्यका रूपमा उल्लेख गरिएको हो।

सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन अर्थात् आईपीओलाई कम्पनीले दीर्घकालीन रणनीतिक योजनामा राखेको छ। वित्तीय अवस्था, लेखापरीक्षण, संस्थागत सुशासन र नियामकीय योग्यताका आधारमा यो प्रक्रिया अघि बढाइने शर्माले बताए। आईपीओ निष्कासनको निश्चित मिति भने प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छैन।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

वित्तीय पारदर्शिता र जवाफदेहितामा जोड

शर्माले खरिद, बिक्री, लगानी, भुक्तानी, नियुक्ति, सम्झौता र परियोजना सञ्चालनमा स्पष्ट प्रक्रिया तथा प्रमाणित अभिलेख कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। जिम्मेवारी, अधिकार, डिजिटल सूचना, कार्यसम्पादन सूचक र नियमित प्रतिवेदनमा आधारित व्यवस्थापन प्रणाली विकास गरिने उनले बताए।

‘कम्पनीको हित व्यक्तिगत स्वार्थभन्दा माथि हुनेछ, निर्णयको आधार तथ्यमा हुनेछ र परिणामको समीक्षा अभिलेखका आधारमा हुनेछ,’ उनले भने।

कम्पनीले स्थानीय तहदेखि संघीय सरकारसम्म तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय र अनुसन्धान संस्थासँग सम्भाव्य सहकार्य गर्ने योजना पनि अघि सारेको छ। कृषि उद्यमशीलता, फिल्ड अध्ययन, इन्टर्नसिप र अनुसन्धानका अवसर विकास गर्ने सम्भावना अध्ययन गरिने जनाइएको छ।

सभामा अध्यक्ष प्रा. डा. चण्डिका पण्डितले निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणालीमा रूपान्तरण गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताइन्।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूची पारित गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.