काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सुरु हुनुअघि पुरस्कार राशि सार्वजनिक गरेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टोलीले पाउने पुरस्कारबारे जानकारी दिए।
घोषणाअनुसार विजेताले डेढ करोड रुपैयाँ पाउँदा उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुने टोलीलाई ४० लाख रुपैयाँ पुरस्कार दिइनेछ। यसअनुसार शीर्ष तीन टोलीका लागि घोषित नगद पुरस्कारको योग २ करोड ७० लाख रुपैयाँ रहेको छ।
आठ फ्रेन्चाइज टोली सहभागी हुने एनपीएल सोमबार कात्तिक ९ गतेदेखि सुरु हुँदैछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।