काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि प्रतियोगिताका खेल सुरु हुनेछन्। प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेटलाई शुभकामना दिँदै प्रतियोगितामा सहभागी खेलाडी तथा आयोजकलाई सफलताको कामना गरेका थिए।
एनपीएलमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।