सोमबार, कार्तिक ९,२०८३ 06:18:21
  • सोमबार, कार्तिक ९,२०८३ 06:18:21
Global IME Bank Limited

कर्णालीको हवाई सेवा सुधार्न मन्त्री एक्सनमा, निजी वायुसेवासँग गहन छलफल

Bizshala
कर्णालीको हवाई सेवा सुधार्न मन्त्री एक्सनमा, निजी वायुसेवासँग गहन छलफल
New Office

काठमाण्डौ । कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सञ्चालन हुँदै आएको हवाई सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच गहन छलफल भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सम्बन्धित मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक तथा कर्णालीका दुर्गम र पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीका प्रतिनिधिबीच छलफल भएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

छलफलमा कर्णालीका पहाडी जिल्लामा नियमित तथा भरपर्दो हवाई सेवा सञ्चालनका क्रममा देखिएका व्यावहारिक तथा प्राविधिक समस्याबारे समीक्षा गरिएको थियो।

भौगोलिक विकटताका कारण कर्णालीका धेरै क्षेत्रमा हवाई सेवा महत्वपूर्ण यातायात माध्यमका रूपमा रहेको भन्दै सेवा थप प्रभावकारी, नियमित र पहुँचयोग्य बनाउने विषयमा सरोकारवालाले आ–आफ्ना धारणा राखेका थिए।

Garima Development Bank
Bizshala
IME remit

बैठकमा उडान सञ्चालनमा देखिएका अवरोध पहिचान गरी तिनको समाधानका सम्भावित उपाय खोज्ने, सम्बन्धित निकायबीच समन्वय बढाउने तथा यात्रुलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा समेत छलफल भएको छ।

कर्णालीका दुर्गम क्षेत्रमा सडक यातायातको सीमित पहुँचका कारण हवाई सेवाको निरन्तरता अत्यावश्यक रहेकाले देखिएका समस्या समाधानका लागि आवश्यक पहल अघि बढाउने विषयमा सरोकारवालाबीच विचारविमर्श भएको जनाइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.