काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स)मा प्राविधिक समस्या आएपछि सोमबारका लागि निर्धारित १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल रद्द भएको छ।
कार्यालयका लेखा अधिकृत कृष्णप्रसाद शर्माका अनुसार प्रणालीको समस्या समाधान भएपछि बोलकबोल प्रक्रिया पुनः अघि बढाइनेछ।
कार्यालयले ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल निष्कासन र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल तय गरेको थियो। सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनुपर्ने प्रक्रिया प्राविधिक समस्याका कारण रद्द गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।