काठमाडौं। कृषि विकास कार्यालय धादिङले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।
कार्यालयका अनुसार पाकिसकेको धान आजसम्म भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न उपयुक्त हुनेछ। तत्काल भित्र्याउन नसकिने धान मौसममा सुधार आएपछि काट्ने गरी समय मिलाउन पनि कार्यालयले सुझाव दिएको छ।
धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकास गर्न तथा हावाहुरी वा वर्षाले ढलेको धानको बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न कार्यालयले अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।