मंगलवार, कार्तिक १०,२०८३ 11:21:18
  • मंगलवार, कार्तिक १०,२०८३ 11:21:18
Global IME Bank Limited

अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

Bizshala
अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह
New Office

काठमाडौं। भारतको पश्चिम–मध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्णव’ अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। यो आँधी प्रतिघण्टा २५ किलोमिटरको गतिमा अघि बढिरहेको आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक प्रखर जैनका अनुसार चक्रवात विशाखापट्टनमबाट ३०० किलोमिटर, काकिनाडाबाट ३६० किलोमिटर, मछलीपट्टनमबाट ४६० किलोमिटर र बापटलाबाट ५३० किलोमिटर टाढा केन्द्रित थियो।

भारतीय मौसम विज्ञान विभागको बुलेटिनअनुसार चक्रवात मङ्गलबार साँझसम्म पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्नेछ। जैनले चक्रवात बुधबार बिहान यानम नजिकै बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा ठोक्किने सम्भावना रहेको बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चक्रवातको प्रभावका कारण मङ्गलबार र बुधबार आन्ध्र प्रदेशभर व्यापक वर्षा हुने अनुमान गरिएको छ। केही स्थानमा अत्यधिक भारी वर्षासमेत हुन सक्ने प्राधिकरणले जनाएको छ।

उनले तटीय क्षेत्रमा प्रतिघण्टा ९० देखि १०० किलोमिटरको गतिमा तीव्र हावा चल्ने चेतावनी दिँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। तटमा ठोक्किने बेला यसको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit

बुधबार रातिदेखि यो चक्रवातको असर नेपाल आइपुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले बिहीबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा गराउने सम्भावना छ।  

‘अर्णव’को प्रभावले हावाहुरी, चट्याङ र वर्षासँगै हिमाली भेगमा भीषण हिमपात गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोसमेत जानसक्ने महाशाखाले उल्लेख गरेको छ।  

 महाशाखाका अनुसार यो चक्रवातले देशव्यापी बदली र वर्षा गराउने  सम्भावना छ। शनिबारसम्म काठमाडौँ उपत्यकासहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.