मंगलवार, कार्तिक १०,२०८३ 02:24:48
  • मंगलवार, कार्तिक १०,२०८३ 02:24:48
Global IME Bank Limited

नेपाललाई गाभीको ठूलो साथ : साढे ८ अर्बभन्दा बढीको खोप सहयोग, ३ लाख डलरभन्दा बढी ऋणसमेत मिनाहा

Bizshala
नेपाललाई गाभीको ठूलो साथ : साढे ८ अर्बभन्दा बढीको खोप सहयोग, ३ लाख डलरभन्दा बढी ऋणसमेत मिनाहा
New Office

 

काठमाण्डौ । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप सहयोग उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका अनुसार कूटनीतिक पहल र गाभीसँगको संवादपछि नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि उक्त सहयोग प्राप्त गर्ने सुनिश्चित भएको हो।

सरकारका अनुसार यो सहयोग बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगविरुद्ध खोप उपलब्ध गराउने राष्ट्रिय कार्यक्रमको निरन्तरतामा प्रयोग हुनेछ।

यससँगै नेपालले गाभीलाई फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकमसमेत मिनाहा हुने भएको छ। मन्त्री मेहताको सचिवालयले सहायता रकम र पुरानो दायित्वसम्बन्धी विषयमा गाभीसँग सहमति भएको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारले यसलाई राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। नियमित खोप सेवाको पहुँच विस्तार, आपूर्ति सुनिश्चितता र दीर्घकालीन निरन्तरताका लागि अन्तर्राष्ट्रिय साझेदारको सहयोग महत्वपूर्ण रहँदै आएको छ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा अन्य लक्षित समूहलाई विभिन्न संक्रामक रोगबाट जोगाउन नियमित रूपमा खोप उपलब्ध गराउँदै आएको छ।

गाभीबाट सन् २०३० सम्म प्राप्त हुने ठूलो परिमाणको सहयोगले आगामी वर्षहरूमा खोप खरिद तथा आपूर्ति व्यवस्थापनमा सरकारमाथि पर्ने वित्तीय दबाब कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.