काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ का इकाई मंसिर २ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ ।
योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित राखिएको छ।
बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ। यस आधारमा सर्वसाधारणबाट न्यूनतम ८५ करोड रुपैयाँ बराबरको लगानी जुटाउने योजना रहेको छ।
इकाई खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको छ।
इकाई बिक्री छिटोमा मंसिर ७ गते बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा मंसिर १६ गतेसम्म आवेदन खुला रहनेछ।
योजनाको व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। ‘सिटिजन्स सुपर ५०’ बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।