बुधबार, कार्तिक ११,२०८३ 04:39:29
  • बुधबार, कार्तिक ११,२०८३ 04:39:29
Global IME Bank Limited

दसैंले तान्यो २ खर्ब ४५ अर्बको आयात, असोजमै २ खर्ब ४५ अर्बको वस्तु भित्रियो

Bizshala
दसैंले तान्यो २ खर्ब ४५ अर्बको आयात, असोजमै २ खर्ब ४५ अर्बको वस्तु भित्रियो
New Office

 

काठमाण्डौ । दसैंको चहलपहलसँगै असोज महिनामा नेपालको आयात ह्वात्तै बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै २ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ।

चीनसँगका दुई नाका बन्द हुनुका साथै बाढीपहिरोका कारण प्रमुख राजमार्गमा आवागमन प्रभावित भएको अवस्थामा पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात र निर्यात दुवै उल्लेख्य रूपमा बढेको छ। साउनदेखि असोजसम्म आयात ३८.१८ प्रतिशत र निर्यात ५७.०३ प्रतिशतले वृद्धि भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात भएको थियो। भदौमा आयात बढेर २ खर्ब १४ अर्ब ७ करोड रुपैयाँ पुगेको थियो भने असोजमा थप वृद्धि भई २ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँ पुगेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको थियो।

आयात हुने प्रमुख वस्तुमध्ये कच्चा भटमास तेल पहिलो स्थानमा रहेको छ। तीन महिनामा ५० अर्ब रुपैयाँभन्दा बढीको कच्चा भटमास तेल आयात भएको छ। अर्जेन्टिना, चीन र ब्राजिलबाट कच्चा भटमास तेल भित्रिएको हो।

त्यस्तै, ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको २ लाख ८८ हजार किलोलिटर डिजेल आयात भएको छ। २४ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ लाख ८१ हजार किलोलिटर पेट्रोल र २३ अर्ब १८ करोड रुपैयाँ बराबरको १७ करोड १९ लाख ८४ हजार किलो एलपी ग्यास आयात भएको छ।

Garima Development Bank
Bizshala
IME remit

आयातसँगै निर्यात पनि बढेको छ। पहिलो तीन महिनामा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। त्यसमध्ये करिब ३८ अर्ब रुपैयाँको निर्यात असोज महिनामै भएको छ।

गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। यस आधारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यात ५७.०३ प्रतिशतले बढेको देखिन्छ।

दसैंका कारण उपभोग्य वस्तुको माग बढ्नु, इन्धन तथा खाद्यवस्तुको आयात चुलिनु र चाडपर्व लक्षित व्यापारिक गतिविधि बढ्नुले असोजमा आयातको आकार उल्लेख्य रूपमा बढेको देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.