काठमाण्डौ । जेरोना डर्माले नेपाली बजारमा थप ७ नयाँ स्किनकेयर उत्पादन सार्वजनिक गरेको छ।
एक वर्षअघि १० वटा उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले छाला सुरक्षासम्बन्धी उत्पादनको दायरा विस्तार गर्दै नयाँ उत्पादन थपेको हो।
जेरोना वेलनेस प्रा.लि.ले बजारमा ल्याएका नयाँ उत्पादनमा HYDRA-PRO Moisturizing Cream, GLO-SERUM, SUNSHED TM, ACN-SERUM, ACNE-Moisturizing Cream, HYDRA-TONER र EXFOLI Facewash रहेका छन्।
कम्पनीका अनुसार नेपाली उपभोक्ताको छाला सुरक्षालाई लक्षित गर्दै आधुनिक स्किनकेयर उत्पादन थप गरिएको हो। यससँगै जेरोना डर्माको उत्पादन पोर्टफोलियो थप विस्तार भएको छ।
कम्पनीले यसअघि बजारमा ल्याएका विभिन्न स्किनकेयर उत्पादनलाई उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाएको छ। सोही क्रममा थप ७ नयाँ उत्पादन बजारमा पठाउन थालिएको कम्पनीको भनाइ छ।
जेरोना चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ८’ को ‘स्किन केयर पार्टनर’ समेत रहेको छ।
नेपाली संगीत क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले ‘द भ्वाइस अफ नेपाल’सँग सहकार्य गरिएको कम्पनीले जनाएको छ।
नयाँ उत्पादन थपिएसँगै जेरोना डर्माले नेपाली स्किनकेयर बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य लिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।