काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै आजदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब”को पनि प्रभाव रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बादल लाग्नेको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा बाँकी हिमली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।